saff football११ पुस काठमाडौं । भारतमा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत शनिबार दुई खेल हुँदैछ । समुह बी अन्तर्गतको खेलमा बंगलादेश र माल्दिभ्स तथा अफगानिस्तान र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।शनिबारको पहिलो खेलमा केरलाको त्रिवेन्द्रम रंगशालमा बंगलादेशले माल्दिभ्ससँग खेल्नेछ । यो खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजेपछि सुरु हुनेछ । यस्तै त्रिवेन्द्रम रंगशालामै बेलुका पौने सातबजे डिफेन्डिङ च्याम्पियन अफगानिस्तानले भुटानसँग खेल्नेछ ।

बिहीबार भएको समुहको पहिलो खेलमा अफगानिस्तानले बंगलादेशलाई ४–० तथा माल्दिभ्सले भुटानलाई ३–१ ले हराएको थियो । अफगानिस्तान र माल्दिभ्स आआफ्नो दोस्रो खेलमा पनि जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्ने दाउमा हुनेछ । यस्तै बंगलादेश र भुटान पनि आआफ्नो खेल जित्दै सेमिफाइनल प्रवेशको सम्भावना कायम राख्न चाहन्छन् ।

तपाईको प्रतिक्रिया