fire-at-eletricity-substation

११ पुष सिराह। लाहन स्थित नेपाल विद्युत प्राधिकरणको सवस्टेसनमा अचानक आगलागी भएको छ।आगलागीबाट सवस्टेसनको दर्जनौ ट्रासफर्मर जलेका छन्।आगो नियन्त्रणमा लिन वारुणयन्त्र र सुरक्षाकर्मी खटिए थिए।आगो फैलिन सक्ने डरले सवस्टेसन वरपरका घर खालि बनाइएको छ। सवस्टेसनमा आगलागी भए पछि सिराह जिल्ला भर विद्युत काटिएको छ। के कारणले आगलागी भएको हो भन्ने खुल्न सकेको छैन।आगलागी भीषण भएका कारण नियन्त्रणमा लिन समस्या भइरहेको सबस्टेसनका कर्मचारी प्रदीप गोइतले जानकारी दिए। तर विद्युत चुहावट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। अहिले लहान लगायत क्षेत्रमा विद्युत् लाइन काटिएको छ।आगलागी कसरी भयो भन्ने बारेमा केही खुल्न सकेको छैन।

तपाईको प्रतिक्रिया