hing

हिंगको बारेमा धेरै अघिदेखि एक भनाइ प्रचलित छ-’हिंग नभएपनि हिंग बाँधेको टालो छ’। यो भनाइको अर्थ हो कि हिंगको महत्व धेरै छ।हींग वास्तबमा धेरै नै गुणकारि छ। खानालाई स्वादिलो बनाउन हाम्रो भान्सामा प्रयोग गरिने हिंगले अपच, पेट दुखाइ आदि जस्ता समस्याहरुलाई निराकरण गर्छ।हींगमा थुप्रै औषधिय गुण पनि हुन्छन्। हींगलाई पानीमा घोलेर शीशीमा भरिसकेपछि सूंघनाले चिसोबाट हुने रुघा खोकि निको हुन्छ।असफोटिडा(हींग)ल्याटिन शब्द हो जसको अर्थ सुगंध हुन्छ। यहि सुगन्धित हिंगको केहि फाइदाहरु यस्ता छन् :

१. अपच ठिक गर्छ

खाना राम्रोसंग नपच्ने अर्थात अपचको समस्या भएका ब्यक्तिहरुलाई यो अति लाभकारि हुन्छ। हींगमा एंटी-इनफ्लेमटरी र एंटी अक्सीडेंट्स हुन्छन् जसले पेट दुखाई,ग्यास र अपच जस्ता समस्यामा राहत दिन्छ।

यो बाहेक हींगले कब्जियतको समस्यालाई पनि कम गर्छ। पेटमा खासगरि नाइटो वरिपरि हिंगले मालिस गर्नाले पेट फुल्ने, दुख्ने तथा पेट भारि हुने जस्ता समस्बाट मुक्त हुन सकिन्छ।

२. छालाको लागि फाइदा

हींगले छालाको समस्यालाई पनि हटाउँछ। यदि छालामा दाद आएको छ भने हिंगलाई दाद आएको ठाउँमा लगाउनाले ठिक हुन्छ। धेरै कस्मेटिक उत्पादनहरुमा हिंगको प्रयोग गरिएको हुन्छ।

३. दुखाइमा आराम

हींगले दुखाइलाई कम गर्छ। टाउको दुकाइ, पेट दुखाई र जोर्निहरु दुखेको बेला हिंगले मालिस गर्नाले तुरुन्तै आराम महसुस हुन्छ। पेट दुखेको बेला हिंगलाई पानीमा घोलेर पिउन सकिन्छ।

हींगमा कोमरिन्स नामक एक तत्व हुन्छ जसले रगतलाई पातलो बनाएर रक्त प्रबाह बढाउँछ। जसले रगत बाक्लो भएर जम्दैन जसको कारण ब्लड कोलेस्ट्रोल लेवल र शरीरमा ट्राइग्लिसराइड घटाउँछ जसले हाइपरटेंशनबाट बचाउँछ।

४. सुगर लेभल कम गर्छ

हिंगले रगतमा हुने सुगर लेभललाई कम र सन्तुलित गर्छ। हींगमा एंटी-डायबिटिक गुण हुन्छ जसले इंसुलिनलाई सन्तुलित गर्न अग्नाशयका कोशिकाहरुलाई उत्तेजित गर्छ जसले गर्दा ब्लड शुगर लेवल कम हुन पुग्छ।

५. क्यान्सर रोधात्मक

हींगमा शक्तिशाली एंटी-अक्सीडेंट्स हुन्छ। हिंगको नितमित सेवन गर्नाले यसले शरीरको कोशिकाको बचाब गर्छ। हींगको क्यान्सर-प्रतिरोधात्मक गतिविधिले क्यान्सर कोशिकाको बिकासलाई अवरूद्ध गरिदिन्छ।

शोधमा पत्ता लागे अनुसार हींग स्वाइन फ्लू जस्ता घातक बीमारीको लागि पनि निकै लाभकारी हुन्छ। हींगमा एच१एन१ भाइरससंग लड्न सक्ने क्षमता हुन्छ।

यस बाहेक हींगको प्रयोग पुरुषमा हुने नपुंसकता, शीघ्रपतन, स्पर्मको कमि आदिको उपचार गर्न पनि प्रयोग गरिन्छ।

एक गिलास तातो पानेमा हींग मिलाएर पिउनाले रक्त प्रबाह बढ्छ जसले लिबिडो बढ्छ।

हींगलेप्राकृतिक रूपमै खोकिलाई नियण्त्रण गरेर छातीमा हुने अफ्ठ्यारोपनलाई ठिक गर्छ। यसलाई मह र अदुवासंग मिलाएर खानाले घाँटिमा हुने खस खस र ब्रोंकाइटिसको समस्याबाट पनि आरम मिल्छ।

 

तपाईको प्रतिक्रिया