Maldives kheladi

पुस ११, काठमाडौं । माल्दिभ्स साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बंगलादेश भने समूह चरणबाटै बाहिरिने पक्का जस्तै बनेको छ ।शनिबार भएको आफ्नो दोस्रो खेलमा माल्दिभ्सले बंगलादेशलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

केरलामा भएको खेलमा माल्दिभ्सले ४३ औं मिनेटमा अली अस्फाकको गोलबाट अग्रता लिएको थियो । ८६ औं मिनेटमा बंगलादेशका एच विश्वासले बराबरी गोल फर्काए ।तर, माल्दिभ्सले खेलको अन्त्यतिर दुई गोल गर्‍यो । ९० औं मिनेटमा नाइज हसनले गोल गरे । अतिरिक्त समयमा अहमेद नासिदले गोल गर्दै माल्दिभ्सलाई ३-१ को जित दिलाए ।

लगातार दुई खेल जितेको माल्दिभ्स ६ अंकसहित समूह बीबाट सेमिफाइनलमा पुगेको छ । लगातार दुर्इ हार व्यहोरेको बंगलादेश भने समूह चरणबाटै बाहिरिने लगभग पक्का जस्तै भएको छ ।अफगानिस्तान १ खेलबाट ३ अंकसहित दोस्रो स्थानमा छ भने १ खेल नै खेलेको भूटान अंकबिहीन छ ।

 

तपाईको प्रतिक्रिया