tribhuvan-international-air१२ पुस, काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण पश्चिमतर्फ काठमाडौं महानगरपालिका वडा नम्बर ३५ काटेश्वरमा निर्माण गरिएका केही भवन भत्काउनुपर्ने भएको छ । हवाई व्यवस्थापनमा समस्या उत्पन्न भएकाले त्यस्ता संवेदनशील क्षेत्रमा निर्माण गरिएका भवन भत्काउनुपर्ने भएको हो । नागरिक उड्डयन प्राधिकरणले दिएको प्रतिवेदनका आधारमा काठमाडौं महानगरपालिकाद्वारा गठित प्राविधिक समितिले ६ वटा घरको केही भाग भत्काउनुपर्ने र चारवटा घरको तला थप्न नहुने सिफारिस गरेको हो ।

महानगरपालिकाको ३५ वडा अन्तर्गत निर्माण गरिएका केही भवनका कारण हवाई व्यवस्थापनमा समस्या उत्पन्न भएको भन्दै प्राधिकरणले महानगरपालिकालाई पत्राचार गरेको छ ।

त्यस्ता संवेदनशील क्षेत्रमा निर्माण गरिएका भत्काउनुपर्ने भनी पहिचान गरिएका भवनहरुको प्राविधिक समितिबाट स्थलगत निरीक्षण गरी प्रतिवेदन तयार पार्न महानगरपालिकाको गत मंसिर १५ गतेको बोर्ड बैठकले निर्देशन दिएको थियो । अाजकाे  अन्नपूर्ण पोस्टमा खबर रहेकाे छ । अाजकाे  अन्नपूर्ण पोस्टमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया