फाइल फोटो
फाइल फोटो

गोरखा, पुस १२ । बढ्दो चिसो थेग्न बाक्लो लुगा कुरेर बसेका भूकम्पपीडितको चिसोकै कारण मृत्यु हुने क्रम बढेको छ भने पीडितहरु धमाधम बिरामी पर्न थालेका छन् । भूकम्पमा घर भत्किएपछि टहरामा बस्दै आएका गोरखा आरुआर्वाङ-१ का अन्दाजी ६० वर्षीय लालबहादुर बरामको टहरामै मृत्यु भयो ।खाना खाएर टहरामा सुतेका बरामको चिसोले मृत्यु भएको छिमेकी अर्जुन बरामले बताए । उनका अनुसार गत शनिबार दिउँसोसम्म उनी तगडै थिए ।आइतबार बिहान टहरामा उनलाई छिमेकीहरुले मृत भेटेका थिए । ओढ्ने-ओछ्याउने, जाडो थेग्ने लुगाकपडा थिएन । त्रिपालले बारेको टहरामा बस्दै आएका थिए बराम । उनी बस्दै आएको टहरो छ्याङछ्याङती हावा छिर्ने खालको थियो । अाजकाे नागरिक दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया