bhukamp1सिन्धुपाल्चोक, पुस ११ । पुरुष कोदालो, पिंग बजार्न र घन ठोक्न व्यस्त छन् । महिला साबेलले माटो पन्छाउँदै छन् । महिलाकै एउटा समूह ढुंगामाटो तह लगाउँदैछ । इर्खु–६, दियालेगाउँका ६७ परिवार घरलौरी सदस्य सिंचाई पोखरी बनाउन खटिरहेका छन् ।

एमेरले बुढ्यौलीतिर लम्बेका ५८ वर्षीय कृष्णबहादुर बोगटीको जोस युवाको भन्दा कम छैन । ‘पोखरीमा पानी जमाएर फाँट हराभरा बनाउने हो, मौसमअनुसारका नगदे बाली लगाएर हामी पनि कमाउने हो, पिंगले ढुंगा निकाल्दै उनले सपनाको बिस्कुन लगाए । ’
यसअघि गाउँनजिकैको मूलबाट पानी बगेर खेर जान्थ्यो, फाँट सधै सुक्खा । पोखरीमा पानी संकलन गरेर टारी जमिन सिँचित गर्ने अभियानमा जुटेका हुन् गाउँले । यसअघि उनीहरुले यसैगरी धुरीको एक सदस्य निस्केर २५ दिन सकडमा काम गरे । गाउँलाई सडक ट्रयाकले जोडेपनि भूकम्प र बर्खाले बिगारेको थियो । सडकमा नालीको व्यवस्था गर्दै मोटर सञ्चालन योग्य बनाएपछि उनीहरु पेखरी निर्माणमा जुटेका हुन् । अाजकाे नागरिक दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया