amar gas1

पुष १२, सिरहा, अमर पासमान । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको लामो समय देखिको नाकामा अवरोध र आमहड्तालका कारण सिरहा सहित देशभरमा खाना पकाउने एल.पी ग्यासको चरम अभाव भएको हो ।नेपाल सरकारले थोरै भएपनि सबैलाई पुगाउने उद्देश्यले आधा सिलिन्डर ग्यास वितरण गर्ने अभियान शुरु गरेपनि वर्तमान सरकार त्यसबाट पनि असफल भएपछि सिरहा सहित तराई मधेश नजिक रहेको नाका तथा भारतिय बजार र गाउँहरुमा समेत ग्यासको मेला लाग्ने गरेको छ ।

amar gas
ग्यास मेलामा सहभागि हुन तस्कर तथा आम सर्वसाधारणहरुको भिड विहानै देखि देखिन थाल्छ । किन भने अति आवश्यकको रुपमा रहेको खाना पकाउने ग्यास नै नेपालमा प्रयाप्त मात्रामा उपलब्ध छैन् । भने तराई मधेश लगायत देशभर खाना पकाउने ग्यासको हाहाकार भएको छ ।सिरहाको विभिन्न नाकाहरु तथा चोरबाटोहरु भएर मात्र प्रत्येक दिन हजारौं ग्यासका सिलिन्डरहरु अवैध रुपमा भित्रिने गरेको छ । नाम नखुलाउने सर्तमा एक तस्करले भने,‘भारतबाट एल.पी. ग्यासको नयाँ सिलिन्डर ल्याउन पाइदैन । त्यस कारण हामी यहाँबाट हामीले खाली सिलिन्डर लगेर त्यहाँ पल्टि अर्थात सिल प्याक भएका सिलिन्डरमा भएका सम्पुर्ण ग्यास नेपाली खाली सिलिन्डरमा भराउछौं ।

नेपालमा १३ सय ७० मा पाउने ग्यास हामीले त्यहा भारतीय रकम १२ सय ५० र नेपाली रकम दिदा २२ सयमा एउटा सिलिन्डरको ग्यस खालि सिलिन्डरमा भर्ने गरेको छ ।त्यहाँ पनि हामीलाई अवैध रुपमा ग्यास भरेर दिएकाले चोरेर सलिन्डर ल्याउदा नेपाल भुमिमा नआए सम्म निकै चुनौती हुन्छ । अवैध रुपमा ग्यास उपलब्ध गराए पनि हामीलाई आवश्यक परिणाम भएजति भरेको ग्यास सिलिन्डर उपलब्ध गराउन सक्ने भएकाले आवश्यकता अनुसारका सिलिन्डर ल्याउन भ्याएको छ ।
तर, भारतको सिमानामा कार्यरत एस.एस.बीहरुले आफुहरुलाई सिलिन्डर लगायतका दैनिक प्रयोजनका लागि ल्याउने गरेको आवश्यक समानहरु रोक लगाएको र मनपरी ढंगले भारत र नेपालका सुरक्षाकर्मीहरु पैसा समेत लिने गरेको उनले बताए ।
प्रत्येक सिलिन्डर भरेर नेपाल लैजान भारतीय एस.एस.बीले प्रती सिलिन्डर ५० रुपैयाँ र अवैध रुपमा नेपाल ल्याएको भन्दै सिमामा कार्यरत सुरक्षाकर्मीहरुले प्रति सिलिन्डर सय रुपैयाँ लिने गरेको उनले थपे ।
प्रती सिलिन्डर नेपाल ल्याउनका लागि २३ सय ५० रुपैयाँ खर्च हुने गरेको र नेपाल ल्याइ सकेपछि २७ सय देखि तीन हजार सम्ममा विक्रि गर्ने गरेको उनले मुस्कुराउँदै जानकारी दिए ।’ यसरी ग्यासका सिलिन्डरहरु सिरहाको विभिन्न स्थानमा अवैध रुपमै भित्रिए पनि सम्बन्धित निकायहरु मौन हुनु भनेको अवैध कार्यलाई बढापा दिएको प्रष्ट हुन्छ ।तस्करहरु साइकल, मोटरसाइकल र पैदल समेत ग्यास अवैध रुपमा ल्याउदै गरेको छ ।
सिरहाको विभिन्न नाकाहरुमा कार्यरत सुरक्षाकर्मीहरुले ग्यासका सिलिन्डरहरु अवैध रुपमा भित्रियाउन पाइदैन भन्नुको साटो रकम लिएर खुला रुपमा आउन जान दिनु भनेको यस्तो कार्यलाई प्रमुख प्राथमिकतामा राखेको कुरा प्रष्ट हुन्छ ।प्रत्येक दिन अवैध रुपमा ल्याएको ग्यासका सिलिन्डरहरु सिरहाको विभिन्न स्थानमा जम्मा हुने गरेको र रातीको समयमा सिरहाबाट काठमाण्डौं लगायतका विभिन्न स्थानमा जाने बसमा राखेर ठूलो चुनौतीका बिच ग्यास सम्बन्धीत स्थानमा पुगाउने गरेको स्रोतको दावी रहेको छ ।

amar gas2

 

तपाईको प्रतिक्रिया