largest_car

यसअघि सबैभन्दा अग्लो तिनपांग्रे साइकल बनाएर विश्वरेकर्ड कायम गरिसकेका एक भारतीय अटो डिजाइनरले विश्वकै सबैभन्दा अग्लो तथा लामो कार निर्माण गरेका छन् । हैदरावादका सुधाकर यादव नामका पुरुषले दुनियाकै लामो तथा ठूलो कार बनाएर दोश्रोपटक गिनिज बुकमा नाम लेखाउने प्रयास गरेका हुन् ।

चलाउन भने नसकिने यो कार २६ फिट अग्लो र ५० फिट लामो छ । लण्डनको डबल डेकर बसभन्दा झण्डै दुइगुणा ठूलो यो कार सन् १९२२ को फोर्ड टुअर कारको मोडलमा डिजाइन गरिएको छ ।

सुधारकरको हैदरावादमा एक कार संग्राहलय पनि छ, जहाँ उनले बनाएका कारका विभिन्न नमूनाहरु राखिएको छ ।

त्यहाँ रहेका कतिपय कारका मोडलहरु निकै हाँस्यास्पद पनि छन्, जस्तै ट्वाइलेट कमोट, ब्यागन, बिलियार्ड टेबल तथा लिपिस्टिक आदि मोडलका ।साभार : अनलाईन खबर

 

तपाईको प्रतिक्रिया