bagh ko chala
फाइल फोटो

पुष १२, सुनसरी। इटहरी नगरपालिका–८ डेरा गरी बस्ने भारत घर भएका ३५ बर्षीय रामदेव बगडी र १८ बर्षीय राजु कुमार बगड़ीलाई प्रहरीले १ थान बाघको छाला र नगद ८० हजार रुपैयाँ सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले शनिबार राति उनीहरुलाई सोही ठाउँमा शंकास्पद रुपमा फेला पारी चेकजाँच गर्दा लुकाई छिपाई लैजादै गरेको अवस्थामा उक्त बाघको छाला र नगद बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया