buffalo-rally

१२ पुष जनकपुर । सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोमाथि प्रहरिले लाठ्चार्ज गरेर घाइते बनाएको बिरोधमा जनकपुरमा उग्र प्रदर्शन भएको छ।आइतबार बिहानैदेखि सरकारी कार्यालयहरुमा तोडफोड र आगजनी गरिएपछि झडप सुरु भएको हो।

अहिले जनकपुरको राम चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप जारी छ। जिल्ला प्रहरी कार्यालयका अनुसार झडपमा नेपाल प्रहरीका असई चौधरी यादव सहित एक दर्जन आन्दोलनकारी घाइते भएका छन्। उनीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

यसैबिच, लामो समयसम्म मधेस आन्दोलन हुँदा पनि माग पूरा नगरेर वेवास्ता गरेकोले सरकारलाई भैँसीको सज्ञा दिदै संघीय समावेशी गठबन्धनले जनकपुरमा भैँसी जुलुस प्रदर्शन गरेको छ।आइतबार प्रधानमन्त्री र गृहमन्त्री लगायत केही मन्त्रीको नाम र तस्बिर भैँसीको घाँटीमा झुण्ड्याएर भैँसी जुलुस प्रदर्शन गरिएको हो।जनकपुरको मिल्स एरियाबाट शुरु भएको भैँसी जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै जनकचोकमा पुगेर सकिएको थियो।

तपाईको प्रतिक्रिया