Kp-Oli-becomes-New-prime-minister-of-nepal

२४ असोज, काठमाडौं ।

नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई साथमा लिएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
व्यवस्थापिका संसदको आइतबार बसेको बैठकले ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको थियो । प्रधानमन्त्रीमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले सबैलाई साथमा लिएर अघि बढ्ने बताए ।
शान्ति सुव्यवस्था कायम गर्ने र रचनात्मक कामलाई प्राथमिकता दिने उनले बताएका छन् । ओलीले आफूलाई मत दिने तथा समर्थन गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया