DSC02066

इनरुवा पुष १३ /सुनसरीको औरावनी गाविसमा ५ वर्षयता संचालित स्वास्थ्य विमा कार्यक्रम औपचारिक रुपमा समूदायमा हस्तान्तरण गरिएको छ ।समूदायमा आधारित स्वास्थ्य विमाका अतिरिक्त शशक्तिकरण लगायतका परियोजना संचालन गर्दै आएको करुणा फाउण्डेसन नेपाल सुनसरीले समूदायलाई जिम्मेवारी सुम्पेको हो । परियोजना अवधी पुरा गरेका फाउण्डेसनलाई औपचारिक कार्यक्रमका वीच विदाई समेत गरिएको छ ।
सुनसरी परियोजना अधिकृत रमेश बराल, कार्यक्रम अधिकृत सीताराम साहलाई स्थानीय स्वास्थ्य व्यवस्थापन समितिले विदाई गरेको हो । कार्यक्रममा सहभागिहरुले फाउण्डेसनले समाजमा स्वास्थ्य सुचकहरुमा वृद्धि गराउन प्रभावकारी भूमिका निर्वाह गरेको र अपाङगता भएकाहरुका साथै महिला शशक्तिकरणको पाटोमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएको उल्लेख गरेका थिए ।

तपाईको प्रतिक्रिया