aaglagi१३ सिरहा।गएराती लहान ७ गणेश चौकमा आगलागी हुँदा करिब २ लाख बराबरको क्षति भएको छ । लहान ईलाका प्रहरी कार्यलयका प्रहरी नायव निरीक्षक उमा प्रशाद चतुर्वेदीले दिएको जानकारी अनुसार चौकमा रहेको केहि पसलहरु जलेर नष्ट भएको छ।घुरन साफी,घनश्याम पासवान,बद्रि पासवानको पसल पूर्ण रुपमा जलेर नस्ट भएकोछ भने अमर नायक र सुनिताको पसल लाई आगो बाट बचाउने क्रममा समान्य क्षति भएको छ । आगलागी करिब ११ बजे तिर लागेको थियो । उक्त आगलगी ईलाका प्रहरी कार्यलयका लहानका प्रहरी जवान , वारुन्यन्त्र र स्थानीयको सहयोगमा नियन्त्रनमा लिईएको थियो । आगो निभाउने क्रममा तिन जना प्रहरी पनि समान्य घाइते भएको चतुर्वेदीले जनाएका छन् । आगलागीको कारण खुल्न नसकेपनि प्रत्यक्षदर्शीका अनुसार आइरन पसलमा बालेका मैनबत्ति न निभाई पसल बन्दगरी गएको र उक्त मैनबत्तिको आगो पसल भित्र रहेको लुगामा लागि आगलागी भएको जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया