neaकाठमाडौं, १४ पुस । नेपाल विद्युत प्राधिकरणको ब्रिफिङ सुन्नका लागि सामान्यतयाः ऊर्जामन्त्री एक साताभित्रै विद्युत प्राधिकरण पुग्ने चलन छ । तर उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझी साढे दुई महिनापछि बल्ल प्राधिकरण छिरेका हुन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा गरिरहेको र त्यसका लागि सबैभन्दा बढी सक्रिय हुनु पर्ने निकाय प्राधिकरणमा १ कात्तिकमा नियुक्त भएका ऊर्जामन्त्री रायमाझी बल्ल छिरेका छन् ।ऊर्जा मन्त्रालयका लागि छुट्टाउने बजेट र कार्यक्रममध्ये ८० प्रतिशत विद्युत प्राधिकरणमार्फत नै सञ्चालन हुने भएकाले मन्त्रालयको मूख्य निकायको रुपमा प्राधिकरणलाई हेरिन्छ । पछिल्लो समय जलविद्युत आयोजनाहरु बनाउनका लागि सहजीकरण गर्नु पर्ने र अभिभावकत्व ग्रहण गर्नु पर्ने ऊर्जा मन्त्रालय र कार्यान्वयन गर्नु पर्ने प्राधिकरणवीच देखिएको द्वन्द्वका कारण यस्तो अबस्था आएको हो । अाजकाे  राजधानी दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया