Tanker_photo_1काठमाडौं, पुस १५ । भारतले नाकाबन्दी लगाएपछि अभाव पूर्ति गर्न पेट्रोलियम पदार्थ ल्याउने अनुमति पाएको विवादास्पद निजी कम्पनी विराटनगरस्थित विराट पेट्रोलियमले मंगलवार साँझ राजधानीमा ट्यांकरबाट सिधै उपभोक्तालाई चर्को मूल्यमा पेट्रोल बिक्री गरेको छ ।

कुनै कानुनी प्रक्रिया पूरा नगरी, सुरक्षा संवेदनशीलतासमेत नहेरी विराटले डिल्लीबजार, कालिकास्थानस्थित प्रस्तावित नेशनल मेडिकल कलेजको कम्पाउन्डबाट उपभोक्तालाई लाइन राखेर जर्किन, ड्रमलगायत भाँडामा समेत पेट्रोल बेचेको हो ।

सरकारी नियमअनुसार पेट्रोल आयात गरेपछि आपूर्ति व्यवस्थापन विभागले त्यसको मूल्य निर्धारण गर्छ । त्यसपछि नापतौल तथा गुणस्तर नियन्त्रण विभागले तेलको गुणस्तर परीक्षण गरी प्रमाण्पत्र दिन्छ । अनिमात्र बेचबिखन थगर्न पाइन्छ । त्यो पनि पेट्रोल बिक्री पम्पबाटै गर्नुपर्छ, पिउने पानी बाँडेजसरी खुलमखुला बाँड्दा जुनसुकै बेला ठूलो दुर्घटना हुन सक्ने भएकाले त्यसरी बेच्न पाइन्न । अाजकाे नागरिक दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया