rajendra mahato१५ पुष राजविराज । बिराटनगरको रानी भन्सार नाकाअबरोध गर्ने क्रममा प्रहरीको लाठी प्रहारबाट घाइते भइ उपचाररत सद्भावना अध्यक्ष राजेन्द्र महतोको जीवन रक्षाकालागि मृत्युञ्जय पाठ आयोजना भएको छ ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत महतोको अवस्था सामान्यामुख भए पनि उनका कार्यकर्ताहरुले मृत्युञ्जय पाठ गरेका हुन् ।मधेशी मोर्चाका नेता कार्यकर्ताहरुको व्यापक उपस्थितिमा पण्डीतद्धारा विधीपूर्वक स्थानीय शिब मन्दिरमा मृत्युञ्जय पाठ गरीएको हो भने उनको स्थास्थ्यलाभको कामना गर्दै विशेष पूजापाठ समेत गरिएको छ ।

यस्तो पुजाको नेतृत्व आचार्य अमोद झाले गरेका थिए । सद्भावनाका नेता दिपेन्द्र चौधरी र जिल्ला अध्यक्ष सुनिल झा कर्ताका रुपमा काम गरेका थिए । मृत्युको मुखमा पुगेका हरुलई बचाउनकालागि भगवानसँग विधिपुर्वक आग्रह गर्नकालागि यस्तो पुजा गरिन्छ ।तर, महतोको अवस्था सामान्य भए पनि उनका कार्यकर्ताहरुले यस्तो गर्दा नकारात्मक सन्देश जाने भन्दै आलोचना समेत भएको छ ।नेपालसंदेशबाट

 

तपाईको प्रतिक्रिया