chiso१५ पुष काठमाडौ । केही दिनयता ह्वात्तै बढेको कठ्यांग्रिने चिसोले नवजात शिशु र स्कुले बालबालिकाको आँखामा गम्भीर समस्या देखिन थालेको छ ।वायु प्रदूषणले भरिएको सहरी क्षेत्रमा बढेको तुवाँलो र चिसो हावाले बालबालिकाकबो आँखाको कोर्निया लाई कमजोर बनाउन थालेको भन्दै चिकित्सकले सचेत रहन आग्रह गरेका छन् ।

प्रदूषणयुक्त चिसो हावाले आँखा बिझाउन, पाक्ने, कचेरा आउने, आँसु आउने, रातो हुने, दुख्ने समस्याबाट विशेषगरी सहरी क्षेत्रका बालबालिका ग्रसित हुन थालेको चिकित्सकको भनाइ छ । यस्तो समस्या लिएर उपत्यकाको अस्पतालमा जाँच गराउन जाने बिरामी बालबालिकाको संख्या बढेको हो ।महाराजगन्जस्थित शिक्षण अस्पतामा मात्रै दैनिक आँखा सम्बन्धी उपचार गराउन जाने एक सय बिरामीमध्ये २० जना भन्दा बढी ‘भारल कन्जक्टिभाइटिस’ देखिन थालेको छ । त्यसमा अधिकांश बालबालिका छन् । आजको अन्नपुर्णमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया