Petrol-Tank१५ पुष काठमाडौ । विराटनगर–५ स्थित नेपाल आयल निगमको पूर्वाञ्चल क्षेत्रीय डिपोबाट डिजेल भरिएको ट्यांकर चोरी गर्ने प्रयास भएको छ ।बरौनीबाट डिजेल लिएर सोमबार विराटनगर आइपुगेको ना.२ ख ५०२९ नम्बरको ट्यांकर मध्यराति सहचालकलाई बाँधेर चोर्ने प्रयास भएको हो ।प्रहरीले ट्यांकर चोर्ने प्रयास गरेको आरोपमा विराटनगर–५ का बलराम राजवंशीलाई पक्राउ गरेको छ । उनको साथबाट एक सय लिटर डिजेल बरामद भएको छ ।भारत फारबिसगन्ज बस्ने ट्यांकरका १४ वर्षीय सहचालक डब्लुकुमार पासवानका अनुसार सोमबार डिपोमा आइपुगेको ट्यांकरको तेल अनलोड गर्ने समय मंगलबार बिहान तोकिएपछि चालकले डिपोबाहिर कोसी राजमार्गमा पार्किङ गरेर गएका थिए । आजको नयाँ पत्रिकामा समाचार छ ।

 

तपाईको प्रतिक्रिया