prachanda-sushil-kp-cycle

काठमाडौँ, पुस १६ ।  नाकाबन्दीको सय दिन पार हुादा पनि विकल्प दिन नसकेको सरकारका जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले भने प्रमुख दलका शीर्ष नेतालाई साइकल वितरण गर्न थालेका छन् । उनले मन्त्रालयबाट साइकल किन्न लगाई शीर्ष नेताहरूलाई उपहार दिएका छन् ।उनले मंगलबार प्रधानमन्त्री केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डलाई तथा बुधबार कांग्रेस सभापति सुशील कोइरालालाई साइकल उपहार दिएर एकछिन चढ्न पनि लगाए । तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया