Gorkha-bhukampa-pidit१६ पुष ।अत्यधिक चिसोका कारण कठ्याँग्रिएर दोलखाका १५ गाविसमा १३ महिलासहित २९ जना भूकम्पपीडितको मृत्यु भएको छ । मंसिर दोस्रो सातायता बढेको चिसोका कारण धेरैको ज्यान गएको हो । मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा छन् भने  केही युवाको मृत्यु भएको छ ।
उनीहरुमध्ये ३० वर्षमुनिका दुई जना छन् भने बाँकी ५० वर्षभन्दा माथिको उमेर समूहका छन् । उनीहरु सबै भूकम्पले घर भत्किएपछि जस्ताको टहरामा बस्दै आएका थिए । दीर्घरोगी, दमगायत श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी तथा चिसोका कारण ज्वरो, रुघाखोकी र निमोनियाका धेरै बिरामीको ज्यान गएको हो ।सुन्द्रावती गाविसमा चार, फस्कु  मागापाैवा र सुनखानीमा तीन-तीन, खोपाचागु, झुले, भुसाफेदा र बाबरेमा दुर्इ-दुर्इ तथा लाकुरीडाँडा, ताम्चेल दूधपोखरी र हावा गाविसमा एक-एक जनाकझ मृत्यु भएको छ ।  अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया