koshi

पुष १८ इनरुवा /कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुनसरीले आर्थिक वर्ष २०७२।०७३का लागि १ करोड ६३ लाख ८ हजार ७ सय रुपैंया अनुमानित आयव्यय सार्वजनिक गरेको छ ।
आज इनरुवामा संस्थाको १५औं साधारणसभाकावीच अध्यक्ष उद्धव काफ्लेले संस्थागत प्रतिवेदन सार्वजनिक गर्दै आगामी रणनीतिका बारे जानकारी गराएका हुन् ।
साधारण सभाको पुनरावेदन अदालत राजविराजका न्यायाधिस माधव प्रसाद पोखरेलले उद्घाटन गर्नुभएको थियो ।
७ सय बढी सेयर सदस्य रहेको कोशी बचत तथा ऋण सहकारी संस्था पछिल्लो समय सदरमुकाम इनरुवा केन्द्रिय अब्बल वित्तिय संस्थाका रुपमा चिनिएको छ ।
कार्यक्रममा वक्ताहरुले मूलुकमा जारी नाकावन्दी र लामो बन्द हड्तालका कारण समग्र देशकै आर्थिक अवस्था डामाडोल भएपनि स्थानीय स्तरमा रहेको सहकारीहरुले सर्वसाधारणको आर्थिक पाटो सवलिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
साधारणसभाको उद्घाटन सत्रमा न्यायाधिस पोखरेल, इनरुवा नगरपालिकाका कार्यकारी अधिकृत रामचरित्र मेहता, संस्थाका उपाध्यक्ष रमेश तिमसिना लगायतकाले सहकारीको महत्वका बारेमा जोड दिएका थिए । कोषाध्यक्ष राजेन्द्र भट्राईले आर्थिक आयव्यय प्रस्तुत गरेका थिए ।
संस्थाले उत्कृष्ठ ऋणी, बचतकर्ता, प्रवेशिका परीक्षामा उत्कृष्ट अंक ल्याउने सेयरधनीका सन्ततीका अलावा उत्कृष्ठ गृहिणी र बाल बचतकर्ताहरुलाई सम्मान समेत गरेको व्यवस्थापक रिजन तिमसिनाले बताए ।

तपाईको प्रतिक्रिया