sakhuwagaxi

पुष १८ इनरुवा/
स्पष्ट नीति नियमको पर्याप्तता अभावका कारण सहकारीहरु फस्टाउन नसकेको बचत ऋण सहकारी संघ लिमिटेडकी केन्द्रिय उपाध्यक्ष अमृता सुब्बाले बताउनु भएको छ ।
उपाध्यक्ष सुब्बाले इनरुवा ३ मा आयोजित सखुवागाछी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेस्रो साधारणसभामा बोल्दै अझैपनि संस्थागत रुपमा सहकारीहरु भने रुपान्तरीत हुन नसकेको बताउनु भएको हो ।
वहाँले सहकारीका मूल्य र मान्यताको पूर्ण पालना वीना संचालित सहकारी संस्थाहरुलाई सरकारले कानुनी दायरा ल्याउनु पर्नेमा जोड दिनुभयो ।
साधारणसभामा संस्थाका अध्यक्ष फणिन्द्रप्रसाद दाहालले १० लाख ५७ हजार ६ सय ३७ रुपैंया बराबरको अनुमानित आयव्यय प्रस्तुत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया