12421544_988124147902179_864216626_n

पुष १८ इनरुवा/ शान्तिपूर्ण आन्दोलनका क्रममा इनरुवा बजारबाट बुधबार पक्राउ परेका आफ्ना कार्यकर्ता माथि हिरासतमा प्रहरीले निर्मम यातना दिएको मोर्चाले आरोप लगाएको छ ।

संघिय समाजबादी फोरम नेपाल जिल्ला कार्य समिति सुनसरीले आज इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरी पुस १५ गते इनरुवामा कालो झण्डा प्रर्दशनका क्रममा पक्राउ परेका यादवलाई प्रहरीले यातना दिएको बताएका हुन् ।

संघिय समाजवादी फोरम नेपाल पश्चिम कुशाहा गाउँ इकाई समितिका सदस्य समेत रहेका चुनचुन यादवलाई सोही दिन हिरासतमा रहेको बेला प्रहरीले अमानविय रुपमा यातना दिएको मोर्चाको आरोप छ ।
हिरासतमा रहेका यादवलाई निर्मम रुपमा हातखुट्टा बाधेर मुद्धा फाँटका प्रहरी निरिक्षक नवराज न्यौपाने, प्रहरी सहायक निरिक्षक हरिशंकर यादव र प्रहरी जवान नन्दकिशोर कामतले चरम यातना दिएको मोर्चाको आरोप लगाएको छ ।

झुटो मुद्धामा यादवलाई फसाइएको बताउने मोर्चाले यातना दिने प्रहरीलाई कार्वाही सहित कार्यकर्ता यादवको निशर्त रिहाईको माग गरेको छ । उता प्रहरीले भने हिरासतका क्रममा यादवमाथि कुनैपनि अमानविय व्यवहार समेत नगरिएको बताएको छ । चरम यातना दिएको भनि मोर्चाले लगाएको आरोपको कुनै सत्यता नरहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चिरञ्जिवी कोइरालाले बताए ।

तपाईको प्रतिक्रिया