laxmanlal-karna

१९ पुस, काठमाडौं । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले प्रमुख दलहरुसँगको वार्तामा नजाने बताएको छ ।

प्रमुख तीन दल र मधेसी मोर्चाको वार्ता साँझ ६ बजे बोलाइएको छ । तर, मधेसी मोर्चामा आवद्ध सदभावनाले विराटनगर घटनामा सरकारले माफी नमागेसम्म वार्तामा नबस्ने बताएको छ ।

सदभावनाका महासचिव मनिष सुमनले  भने-‘हामीले पहिले नै भनिसकेका छौं कि विराटनगर घटनामा सरकारले माफी नमागेसम्म वार्तामा जाँदैनौं ।’

सद्भावनाका संसदीय दलका नेता लक्ष्मणलाल कर्ण वीरगञ्जमा छन् । उनले पनि विराटनगर घटनाबारे सरकारमा अझै माफी नमागेकाले वार्तामा नजाने जानकारी दिए ।

अघिल्लो शनिबार विराटनगरको रानी भन्सार नाकामा धर्ना दिने क्रममा भएको झडपमा सदभावनाका अध्यक्ष महतो घाइते भएका थिए । प्रहरीले दमन गरेको भन्दै सद्भवनाले घटनाप्रति सरकारले माफी नमानेसम्म वार्ता नबस्ने बताउँदै आएको छ ।

 

तपाईको प्रतिक्रिया