cdo
इनरुवा पुष २०/
जिल्ला दैवि प्रकोप उद्धार तथा व्यवस्थापन समिति सुनसरीले विपन्न परिवारलाई लक्षित गरी कम्बल वितरण गरेको छ ।
विपन्न परिवारलाई लक्षित गरी प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ सहितको टोलीले कम्बल वितरण गरेको हो ।
लौकही गाविसमा आयोजित औपचारिक कार्यक्रमकावीच प्रजिअ पन्थ नेतृत्वको टोलीले स्थानीय गरिव तथा असहाय परिवारलाई कम्बल बाँडेको हो ।
विपन्न समूदायको बाहुल्यता रहेको लौकही ४ र ९ नम्बर वडाका दलित, गरिव र असहाय ९४ परिवारलाई कम्बल वितरण गरिएको थियो ।
सहयोगी दाताहरुबाट संकलित कम्बल लक्षित समूदायलाई वितरण गरिएको सुनसरी प्रशासनले जनाएको छ ।
जाडो यामलाई मध्यनजर गर्दै जिल्लाका अन्य क्षेत्रका विपन्न समूदायलाई समेत न्यायो कपडा तथा कम्बल वितरण गरिने प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया