bal
इनरुवा पुष २०/
सरकारको केन्द्रिय नीति अनुरुप सुनसरीका गाविसहरुमा बाल केन्द्रित रणनीतिक योजना तर्जुमाको तयारी सुरु गरिएको छ ।
जिल्लाका ३९ गाविसमै क्रमश बाल योजना तर्जूमाका लागि बाल भेलाहरु ठाकिन थालिएको हो ।
स्थानीय तहमा रहेका बाल क्लबहरुबाट आएका सुझाव र आवश्यक्ता अनुरुपका प्रारम्भिक योजना छनौट गरी सोही अनुरुप रणनीतिक योजना तयारी गर्ने जिल्ला विकास समिति सुनसरीले जनाएको छ ।
जिल्ला विकास समितिको रोहवरमा आयोजना हुने बाल भेलामा स्थानीयस्तरमा रहेका हरेक विद्यालय, तथा मदरसाहरुमा रहेको बाल क्लबमा आवद्ध विद्यार्थीहरुको सहभागिता रहने गर्दछ ।
यसैवीच आज सुनसरीको पश्चिम कुशाहा गाविसमा रहेका बाल क्लबमा आवद्ध बालबालिकाहरुको भेला सम्पन्न भएको छ ।
जिल्ला विकास समिति सुनसरीकी सामाजिक विकास अधिकृत माया राई, गाविस सचिव श्यामकुमार मण्डल लगायत सरोकारवालाहरुको उपस्थितीकावीच बाल क्लबमा आवद्ध बालबालिकाहरुले प्रारम्भिक योजनाको खाका तयार पारेका थिए ।
स्थानीय तहबाटै प्राप्तहुने योजनाहरुका आधारमा जिल्ला केन्द्रित बाल योजना तर्जुमा गरिने जिल्ला विकास समिति सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया