च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका आयोजक भारतले जितेको छ। भारतको केरलास्थित त्रिवेन्द्रम रङ्गशालामा डिफेन्डिङ च्याम्पियन अफगानिस्तानलार्इ दुर्इ सून्य गोल अन्तरले पराजित गर्दै भारतले उपाधि उचालेको हो ।

योसँगै दुई वर्षअघि नेपालमा भएको प्रतियोगितामा व्यहोरेको हारको बदलासमेत भारतले लिएको छ। भारतले एक सून्यले पछि परेको स्थिति उल्टाउँदै अफगानिस्तानलार्इ २-१ गोल अन्तरले पराजित गरेको हो । अफगानिस्तानले ७० औं मिनेटमा अमिरीको गोलबाट अग्रता लिएपनि अग्रता जोगाउन सकेन । खेलको ७२ औं मिनेटमा भारतका लागि जेजेले गोल गर्दै खेल बराबरीमा ल्याए।

निर्धारित ९० मिनेटको खेल एक-एक गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पहिलो हाफको ११ औं मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले गोल गर्दै टोलीलार्इ उपाधि जिताए।

भारतले योसँगै सर्वाधिक साताैँ पटकसम्म उपाधि उचालेको छ।

तपाईको प्रतिक्रिया