२१ पुस, काठमाडौं / एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले राजनीतिक र सैन्य मोर्चालाई प्रयोग गरेर नेपाललाई विखण्डन वा सिक्कीमिकरण गर्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

आफ्नै निवास लाजिम्पाटमा मंगलबार क्रान्तिकारी पत्रकार संघको केन्द्रीय कार्यालयको विस्तारित वैठकलाई सम्बोधन गर्दै प्रचण्डले भारतले निकै परसम्मको खेल खेलिरहेको बताए । यसका लागि भारतले उपेन्द्र यादव-महन्थ ठाकुरलाई राजनीतिक मोर्चा अर्थात पोलिटिकल विङ र सीके राउत र जयकृष्ण गोइतहरुलाई मिलिटरी विङका रुपमा प्रयोग गरेको प्रचण्डको विश्लेषण छ ।

उपेन्द्र महन्थदेखि सीके राउतसम्म एउटै शक्ति केन्द्रबाट परिचालित भएको भन्दै फरक नठान्न आग्रह गरे । प्रचण्डले भने-भारतले निकै परसम्मको खेल खेलेको छ । तर, हामी सफल हुन दिँदैनौं ।’

प्रचण्डले मधेसमा आन्दोलनरत दलहरुसँग सम्झौता गरेर सेफल्याण्डिङ गर्ने तयारी भइरहेको जानकारी दिए ।

भारतले लगाएको अघोषित नाकाबन्दी र मधेस आन्दोलन अन्त्यका लागि पहल भइरहेको भन्दै उनले नाकाबन्दी छिट्टै अन्त्य हुने बताए । नाकाबन्दीका कारण नेपाललाई मात्र नभई भारतलाई पनि ठूलो घाटा भएको र उसलाई चौतफी दबाव रहेको समेत बताएका छन् ।

एमाओवादी प्रचण्डले अबको १० वर्ष देशलाई सम्बृद्धिको बाटोमा लैजाने आफू सक्रिय हुने समेत बताएका छन् ।

 

तपाईको प्रतिक्रिया