- बिरेन्द्र शाह

इनरुवा। जेकेएस इन्टर्टेन्मेन्टको आयोजनामा प्रथम मिस्टर एण्ड मिस इनरुवा कार्यक्रम यहि पौष १५ गते समापन हुने भएको छ। अडिसन, ओरिएन्टेसन, फोटोसुट तथा ट्यालेन्ट लगायतका विभिन्न विधाहरु सम्पन्न भएको जेकेएस इन्टर्टेन्मेन्टका प्रबन्ध निर्दैशक अमन श्रेष्ठले जानकारी दिए। शुरुवाती अडिसनमा इनरुवा नगर क्षेत्र भित्रका पचास भन्दा बढी युवायुवतिहरुको सहभागिता रहेको थियो भने हाल कार्यक्रमको अन्तिम चरण नजिकिदै गर्दा युवा सात तथा युवति दश गरि जम्मा सत्र जना सो प्रतियोगिताकालागि मैदानमा तटस्थ छन।

इनरुवा १ अवस्थित कमल टाकिज सिनेमा हलमा अंग्रजी २०२० नया वर्षको स्वागत संगै सो कार्यक्रमको ग्रयाण्ड फिनालेबाट सोहि दिन पहिलो मिस्टर तथा मिस इनरुवाको टुंगो लाग्ने श्रेष्ठले बताए। सोहि कार्यक्रमको प्रतिस्प्रधिहरुलाई प्रशिक्षणकालका दौरान इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले समेत दुई घण्टा लामो प्रशिक्षण दिदै प्रतोयोगिताको बिजेता मिस्टर र मिस इनरुवालाई प्रोतसाहन स्वरुप मोटरसाइकल तथा स्कुटर प्रदान गर्ने प्रतिबध्तता व्यक्त गरेको आयोजकले जानकारी दिए। उक्त विषयमा नगरपालिका प्रमुख मेहता संग कुरा गर्दा प्रथम मिस्टर तथा मिस इनरुवालाई सराहनिय कदमको रुपमा लिदै सोका लागि आफु व्याक्तिगत रुपले कार्यक्रमको सफलताकालागि लागि परेको तथा मिस्टर र मिस इनरुवा बिजेताका निम्ति गरेको प्रतिबध्तता पुरा गर्ने मेहताले बताए। सबै प्रतिस्प्रधिहरुलाई शुभकामना दिदै मेहताले बिजेताहरुलाई आगामि दिनमा नगर क्षेत्र भित्रहुने विभिन्न सामाजिक, खेलकुद, स्वास्थ्य तथा शिक्षा जस्तो क्षेत्रको जिम्मेबारी समेत बहन गराउने बताए।

तपाईको प्रतिक्रिया