जनताले चाहेमा जिम्मेवारी लिन तयार रहेको संकेत

Ganendra

पुष २६ काठमाडौँ ।पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले दरबार छोडे पनि नेपाली घरवार नछोडेको बताएका छन् ।आइतबार दुई सय ९४ औँ पृथ्वी जयन्तीको अवसरमा एकता र सदाशयताको आह्वान गर्दै ज्ञानेन्द्रले भने, ‘शाहवंशीय राजाले जनताको इच्छा, चाहना र भावनाको कदर गर्ने परम्परालाई निरन्तरता दिदै राष्ट्रहित र राष्ट्रवासीको सुख, समृद्धि र आत्मीय सन्तुष्टिका निम्ति जनताको नासो जनतालाई सुम्पेर मैले दरबार छोडेको हुँ । तर नेपाली घरवार छोडेको छैन ।’

ज्ञानेन्द्रले जनताले चाहेमा समयको माग भएमा आफू अगाडि बढ्ने संकेत गर्दै आफूले जनताको इच्छा, चाहना र भावनाको क
दर गर्न दरबार छोडेको उल्लेख गरेका  छन् । ज्ञानेन्द्र भन्छन्, ‘सबैले विचार गर्नु पर्ने कुरा हो की मैले नेपाली घरबार छोडेको छैन अनि नेपाल र नेपालीको आधारको भार पनि परित्याग गरेको छैन ।’

समयले माग गरे जिम्मेवारी लिन तयार

ज्ञानेन्द्रले एकताका लागि गरेको आह्वानको अन्तिममा घुमाउरो पारामा नेपाली जनताले राजाको भूमिका र भरोसा चाहेको खुलासा गरेका छन् । ज्ञानेन्द्र लेख्छन्, ‘नेपाली जनताले को कसबाट के कस्तो दायित्व, भूमिका र भरोसा चाहेका छन् खुलस्त हुनुपर्दछ भन्ने पनि समयको माग छ ।’ज्ञानन्द्रले पछिल्लो राजनीतिक संकटपछि जनताले राजाको भूमिका चाहेको र उक्त कुरामा सबै खुलस्त हुनुनपर्ने तर्फ विज्ञप्तिमा इंगित गरेका छन् ।

ज्ञानेन्द्रले पृथ्वी जयन्तीको चर्चा गर्दै नेपाली भूमि रहनुका पछाडि पृथ्वीनारायण शाहको योगदान गरेको उल्लेख गरेका छन् । ज्ञानेन्द्रले भनेका छन्, ‘नेपाली भएर सोच्ने, सम्झने दिन पुस २७ हो । यही दिन यहाँको पवित्र भूमिमा जन्मिएका हाम्रा बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट नै हाम्रो यो आधुनिक राष्ट्रको संरचना र संयोजना भएको हो ।’

राजनीतिक बखेडा राम्रो होइन

उनले पृथ्वी जयन्तीको अवसरमा सबै मिलेर बस्नुपर्ने चेतना र प्रेरणा मिल्नुपर्ने उल्लेख गरेका छन् । उनी भन्छन्, ‘पृथ्वी जयन्तीको यस एतिहासिक क्षणमा  सधै नै हामी मिलिरहने चेतना र प्रेरणाको कुरा राष्ट्रिय एकता र सदासयता नै हो ।’

ज्ञानेन्द्रले हिमाल, पहाड र तराई नेपाली फुलबारी रहेको समेत बताएका छन् । उनले भने, ‘हिमाल, पहाड र तराईका हामी सबै नेपाली यही फुलबारीमा जति बढी समाहित हुन सक्छौ उत्तिनै हाम्रो गौरवशाली अस्तित्व तथा स्वाभिमानको नेपालीत्व उचो रहनछ ।’

ज्ञानेन्द्रले पछिल्ला राजनीतिक घटनाक्रम र वखेडा राम्रो नभएको बताउदै उनले यो विषय सोचनिय भएको उल्लेख गरेका छन् । ज्ञानेन्द्र भन्छन्, ‘अहिले हामी किन, कुन्नी दिग्भ्रमित छौँ । सोचनीय कुरा छ देशभित्र अहिले विधि व्यवस्था, भूसंरचना र शासन प्रशासनका कुरालाई लिएर जे जस्ता वखेडा खडा भएका छन् यो कदापी राम्रो कुरा होइन ।’

छाक टार्न समस्या भएकोप्रति चिन्ता
ज्ञानेन्द्रले राजनीतिक संकट गहिरिदै जादा नेपाली जनतालाई छाक टार्न समस्या भएकोप्रति समेत विषय समेटेका छन् । उनले आपसी सद्भाव खल्बलिनु नहुने समेत संकेत गरेका छन् । ज्ञानेन्द्र विज्ञप्तिमा भन्छन्, ‘आपसी सद्भाव खल्बलिएर जनसाधरणको जीवन व्यवहारमा जय प्रकारको आर्थिक संकट, चरम महगीं, अभाव, अनुत्पादन र बाह्य निर्भरताबाट यतिखेर थप मार परिरहेको छ ।’

उनले जनतालाई साँझ बिहान छाक टार्न र जीवन धान्न गाह्रो भएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । ज्ञानेन्द्र भन्छन्, ‘नेपाली जनताले अहिले साँझ बिहान छाक टार्न र सामान्य रुपले जीवन धान्न पनि धौधौ परिरहेको छ , यो गम्भीर चिन्ताको विषय हो ।’

Gyanendra-Shah-Press-statement

 

 

साभार: नया पेज

 

तपाईको प्रतिक्रिया