- अमर काफ्ले

लामो समय प्रशासकीय अधिकृतको किचलामो रुमल्लिन पुगेको इनरुवा नगरपालिकाले बिकासे योजनालाई ठोस रुपमा अघि बढाउन नसकि रहँदा वडा नम्बर ५ लाई भने वडा लक्षित कार्यक्रमलाई निरन्तरता दिन भ्याइनभ्याई छ । नगरपालिकाको चेक नचल्दा समग्र योजना तथा कार्यक्रमहरु संचालनमा समस्या देखिँदा वडा नम्बर ५ ले भने उधारोमै कार्यक्रमहरु संचालनमा ल्याउँदै आएको छ ।

धेरैजसो वडामा कार्यक्रमहरु अघि बढेकै छैन् । समयमै योजना संचालनको प्रकृया अघि नबढ्दा नगरको बजेट पूर्ण कार्यान्वयनको विषयमा नगरबासीले शंका व्यक्त गरिरहेका छन् । यस्तोमा ५ नम्बर वडा कार्यालय बलाहाले भने अध्यक्षको पहलमा एकपछि अर्को कार्यक्रम उधारोमै गर्दै आएको छ ।सरसामान खरीद देखि सम्पूर्ण खर्च चेक चलेपछि उपलब्ध गराउने गरी कार्यक्रमहरु संचालन गर्दै आएको वडाध्यक्ष अञ्जनी पोखरेलले बताए । पोखरेलले इक्षाशक्ति भए काम गर्न सकिन्छ भन्ने उदाहरण पेश गर्न वडा कार्यालय सफल बनेको बताए ।पोखरेलका अनुसार वडागत बजेटबाट संचालन हुने कार्यक्रमहरु धमाधम भैरहेका छन् । काम गर्दै जाँदा अत्यावश्क पर्ने रकम सरसापट गरी जुटाइदै आएको बताउने पोखरेलले अन्य रकमको हकमा काम सम्पन्न पश्चात नगरपालिकाबाट उपलब्ध गराइने गरी काम गराउँदै आएको बताए ।

वडाले किसानलाई लक्षित गरी तरकारी विउ वितरण गरीसकिएको जनाएको छ । वडाका ५ ठाउँमा लागत स्टिमेट अनुसारको टायल बाटो निर्माण थालिएको छ । जसमध्ये अधिंकाश काम अन्तिम चरणमा पुगेको वडाध्यक्ष पोखरेलले जानकारी दिए ।महिलाहरुकालागि सिलाई कटाई तालिम समेत थालिएको ५ नम्बर वडाले जनाएको छ । आवश्यक मेसिन उधारोमै खरीद गरी तालिम संचालनमा ल्याइएको वडाध्यक्ष पोखरेलले बताए । त्यसैगरी ३५ जना महिलाकालागि ४ दिने उद्घोषण तालिम समेत सम्पन्न गरिसकिएको उनले बताए । पोखरेलले वडाको कम्पाउण्ड वाल निर्माणको कार्य समेत जारी रहेको बताए । मन्त्रालयको सहयोगमा स्वास्थ्य चौकी सहितको कार्यालय भवन निर्माणको काम समेत थालिएको वडा कार्यालयले जनाएको छ ।अध्यक्ष पोखरेलले भने, धेरैजसो वडाले रकम अभाव भन्दै पछि कार्यक्रम गर्ने भनि बसेका छन् । उधारोमै भएपनि काम गर्न सकिदो रहेछ । चेक चल्दै गर्छ । त्यतिन्जेल वडाको काम समेत हुँदै गर्छ । हतारमा लतारपतार काम भयो भनेर कसैले औंला उठाउन पाउदैनन् भनेरै व्यक्तिगत पहलमै धेरैजसो कार्यक्रमहरु व्यक्तिगत पहलमा सुरु गरेको हुँ ।उनले ५ लाख लागत बराबरका १० वटा ठुला भित्री बाटोको डीपीआर समेत सम्पन्न गरिसकेको बताए । खेलकुदका क्षेत्रमा समेत सहयोग उपलब्ध गराइरहेको उनले जानकारी दिए ।त्यसैगरी ५ नम्बर वडा कार्यालयले तराई मधेश समृद्धी कार्यक्रम अन्र्तगत प्राप्त सहयोग रकमबाट १९ वटा डीप बोरिङ गाड्ने काम समेत सम्पन्न भैसकेको जनाएको छ । ६ वटा वोरिङ गाड्ने तयारीमा रहेको वडाले जनाएको छ । उक्त कार्यकालागि आवश्यक अन्य सहयोग वडाले उपलब्ध गराउँदै आएको जनाएको छ ।

तपाईको प्रतिक्रिया