पपगायिका लेडी गागाको फरक पहिचान छ– उनी जे गर्छिन्, फरक गर्छिन् । ‘हट’ गरिनन् भने उनी लेडी गागा रहँदिनन् भन्ने मानिसको कमेन्ट हुन्छ । यसलाई उनले पनि प्रमाणित गरिदिएकी छिन् । पछिल्लोपटक उनले फेरि यस्तै अनौठो गरेकी छिन् । त्यो हो– ‘न्युड सेल्फी’ ।यो न्युड सेल्फी उनले आफैँले खिचेकी हुन् । हुनेवाला श्रीमान् टेलर किनेसँग उनले खिचेको यो फोटो ‘वी’ पत्रिकाको कभर पेजमा राखिएको छ ।lady gaga

पत्रिकाले छापेको फोटोमा दुवै निर्वस्त्र छन् । गागाले उनलाई यस्तो ‘आइडिया’ टेलरले दिएको पनि बताएकी छिन् । तर, गागाले यस्तो गर्नुको उद्देश्य मनोरञ्जन मात्र होइन, यसबाट जम्मा भएको पैसा उनले मानसिक रोगीको उपचारका लागि खर्च गर्नेछिन् ।

तपाईको प्रतिक्रिया