sakhuwagaxi 4
इनरुवा पुष २७/
राप्रपा नेपाल जिल्ला कार्य समिति सुनसरीले सदरमुकाम इनरुवामा औपचारिक कार्यक्रमकावीच पृथ्वी जयन्ती मनाएको छ ।
पृथ्वी जयन्तीका अवसरमा सरकारले राष्ट्रिय विदा नदिएको प्रति रोष प्रकट गरेका पार्टी कार्यकर्ताहरुले राष्ट्र नायकको सम्मानमा कोही कसैले आनाकानी गर्न नहुनेमा जोड दिएका थिए ।

sakhuwagaxi 5
२ सय ९४औं पृथ्वी जयन्तीको अवसर पारी आयोजित कार्यक्रममा इनरुवाका कार्यरत कृयाशिल पत्रकारहरुलाई सम्मान समेत गरिएको थियो ।

sakhuwagaxi 6
पत्रकारिताका माध्यमबाट स्थानीय क्षेत्रको विकासमा योगदान पुरयाएको भन्दै मकालु टेलिभिजनका इनरुवा संवाददाता अमर काफ्ले सहित पत्रकारहरु ताविल अन्सारी, धिरेन्द्र चौधरी र जयकृष्ण यादवलाई सम्मान गरिएको थियो । पत्रकारहरुलाई राप्रपा नेपालका केन्द्रिय सदस्य गोपाल कोइरालाले सम्मान गरेका थिए ।

sakhuwagaxi 7
कार्यक्रममा सहभागि राप्रपा नेपालका नेताहरुले सरकारले तराई मधेशमा जारी आन्दोलनको उचित निकास तर्फ तत्काल ध्यान केन्द्रित गर्न आवश्यक रहेकोमा जोड दिए ।

तपाईको प्रतिक्रिया