1480753_945020735552767_326197067045312135_n
इनरुवा पुष २७/
नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन इनरुवा सुनसरीको अध्यक्षमा हरिप्रसाद पोखरेल निर्वाचित भएका छन् ।
नवौं जिल्ला अधिवेशन तथा २७औं साधारण सभाबाट पोखरेलको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।
चुनावी प्रकृयाबाट पोखरेल १सय८९ मत ल्याई अध्यक्ष पदमा निर्वाचित भएका थिए । उपाध्यक्षमा जिब्राइल अन्सारी विजयी भएका छन् । त्यसैगरी सचिवमा लक्ष्मी पोखरेल निर्विरोध भएका छन् भने कोषाध्यक्षमा कुमार पौडेलले बाजी मारेका छन् । सहसचिवमा रेवती पोखरेल चुनिएका छन । अन्य निर्वाचित सदस्यहरुमा क्रमश टुवेलप्रसाद तिम्सिना, चक्रबहादुर चौलागाई,अशोक कोइराला, दीपेन्द्र पोखरेल, मातृका सिवाकोटी र सुरेश पोखरेल रहेका छन् ।

तपाईको प्रतिक्रिया