इनरुवा पुष २७/
मोटरसाइकलले साइकललाई ठक्कर दिंदा राजन निरौला र कृष्णप्रसाद भट्राई घाइते भएका छन् ।
सुनसरीको भोक्राहा स्थित पूर्वपश्चिम राजमार्गमा स२प ७२५८ नम्बरको मोटरसाइकलले साइकलमा सवार निरौलालाई ठक्कर दिएको थियो ।घाइते निरौला र भट्राइको इनरुवा अस्पतालमा उपचार भैरहेको सुनसरी प्रहरीले जनाएको छ । घाइते हुने राजन निरौला उदयपुर त्रियुगा नगरपालिका ८ का वासिन्दा हुन । साइकलमा सवार निरौलालाई ठक्कर दिने मोटरसाइकल चालक सुनसरी प्रकाशपुर ६ का ५३ वर्षिय कृष्णप्रसाद भट्राई समेत घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया