kp-oli-430x316२८ पुष काठमाडौं । आन्दोलनरत मधेसी मोर्चासँगको सम्बन्ध सकारात्मक बनाउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोसँग सोमबाट फोनवार्ता गरेका छन्।उनीसँग टेलिफोन गरी स्वास्थ्य स्थितिबारे जानकारी लिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो। महतोले आफू स्वस्थ भइसकेको जानकारी दिँदै ओलीसँग देशको स्वास्थ्य ठिक पार्न आग्रह गरेका थिए।सम्बन्ध सुधारका निम्ति प्रधानमन्त्री ओलीले महतोसँग कुराकानी गर्न चाहेका थिए। महतो पनिप्र धानमन्त्रीसँग संवाद अघि बढाएर सौहार्दतापूर्ण वातावरण बन्दै गएको संकेत दिन चाहन्थे।केही दिनयता सरकार र आन्दोलनरत मोर्चाबीच सकारात्मक संवाद भइरहेको छ। यसैक्रममा मोर्चा र संविधान निर्माण नेतृत्वकर्ता प्रमुख तीन दलको कार्यदलको पूर्वनिर्धारित बैठक सोमबार बस्न सकेन।

दुवै पक्षबीच असमझदारी भएरभन्दा पनि सरकारी पक्षले आफ्नो आन्तरिक तयारीमा लागेका कारण बैठक हुन नसकेको निष्कर्ष मोर्चाका नेताहरूले निकालेका छन्।प्रमुख तीन दलले खबर गरेपछि सोमबार अपराह्न बस्ने भनिए पनि अन्तिम समयसम्म जानकारी नआएकाले बैठक बस्न नसकेको संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए।

‘आइतबारको बैठकमा सोमबार समय र स्थानको जानकारी दिने भनिएको थियो तर साँझसम्म उताबाट खबर आएन,’ कार्यदलका सदस्यसमेत रहेका श्रेष्ठले भने, ‘त्यसैले बैठक नै बस्न सकेन, हामी त तयारी अवस्थामै थियौं।’

प्रमुख तीन दलबाट संयुक्त बैठकका लागि खबर आउने भनिएपछि मोर्चाका कार्यदल सदस्य तयारी अवस्थामा साँझसम्म कुरिरहेको उनले जनाए। राजनीतिक समिति गठन गरी सीमांकन टुंग्याउने तीन दलको प्रस्तावमा पछिल्लो समय मोर्चा सकारात्मक देखिए पनि सीमांकनको ग्यारेन्टी मागगर्दै आएको छ। तराई–मधेसमादुई प्रदेश बनाउने विषयमा प्रमुख दल सहमत भए राजनीतिक समिति स्विकार्न तयार भएको जनाउ मोर्चाले दिएको छ।

तराई–मधेस सद्भावना पार्टी वरिष्ठ नेताएवं मोर्चाकातर्फबाट कार्यदल सदस्य रामनरेश यादवका अनुसार आइतबारको बैठकमा मोर्चाले राजनीतिक संयन्त्रमार्फत तीन महिनाभित्र सल्ट्याउने क्षेत्राधिकार र वैधानिकताबारे स्पष्ट हुनुपर्ने आग्रह गरेको थियो।

मोर्चाका तर्फबाट सत्तापक्षीय कार्यदल सदस्यलाई शीर्ष नेताहरूसँग छलफल र निर्णय गरेर चित्त बुझाउन भनिएको थियो। समाधानका निम्ति आफूहरू तयार रहेको जानकारी मोर्चाकातर्फबाट गराइएको थियो।

मोर्चाकातर्फबाट आन्दोलन पनि धेरै नजाओस् र नाकाबन्दी पनि हटोस् भन्ने धारणा राखिएको थियो। सत्ता पक्षकातर्फबाट उपप्रधान तथा गृहमन्त्री भीम रावलले शीर्ष नेतासँग छलफल गरेर सबै कुरा टुंग्याई वार्तामा बस्ने प्रस्ताव गरेअनुरुप सोमबारको मिति तय भएको थियो।नागरिक दैनिकबाट

 

तपाईको प्रतिक्रिया