Aaglai-Birtamod

२८ पुस, झापा । झापाको बिर्तामोडमा सोमबार साँझ भएको आगलागिबाट ७० लाख बराबरको क्षति भएको छ ।बिर्तामोडको मुक्ति चौक नजिकमा रहेको थापा मार्केटमा विद्युत सर्ट भई भिमप्रसाद कडरियाको आभि सप्लायर्समा आगलागि भएको हो ।

विर्तामोड बजार हरेक सोमबार बन्द हुन्छ । दिनभर बन्द भएको पसलमा राति पौन नौ बजे आगो लागेको स्थानीयबासीले देखेर प्रहरीलाई खबर गरेका थिए ।प्रहरी र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी खड्कप्रसाद खत्रीले बताए ।विद्यतु वाइरिङमा भएको लापरबाहीले सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

 

तपाईको प्रतिक्रिया