DSC08645
इनरुवा पुष २९/
इनरुवा नगरपालिकाको कार्यालयले आज आफ्नो २२औं नगर परिषद् सम्पन्न गरेको छ ।
नगरपरिष्दकावीच कार्यकारी अधिकृत रामचरित्र मेहताले आर्थिक वर्ष ०७३।०७४का लागि बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको थियो ।
इनरुवा नगरपालिकाको कार्यालयले आगामी आर्थिक वर्षका लागि एघार करोड सतहत्तर लाख पैसट्ठी हजार बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

DSC08637
परिषद् आगामी आ.व ०७३।०७४मा गौरभशाली योजना अन्र्तगत निर्माणाधिन नयाँ बस पर्का संचालन तथा व्यवस्थापन र निर्माणाधिन पुरानो जेल फिल्डमा खेल मैदान निर्माणको योजनालाई पूर्णता दिने जनाएको छ ।
इनरुवा नगरपालिकाले नगरका समग्र विकासमुखी योजनाहरु प्राथमिकताका आधारमा संचालनमा ल्याउने जनाएको छ ।
सिटी हल, सडक चौडा, खानेपानी, हरियाली नगर जस्ता योजनालाई महत्वपूर्ण योजना अन्र्तगत अघि बढाइने समेत नगरपालिकाको कार्यालयले परिषद् मार्फत उद्घोष गरेको छ ।
नगरका जेष्ठ नागरिकका साथै उत्कृष्ठ उपभोक्ता समिति र कर्मचारी लगायतलाई कार्यक्रममा सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा सुनसरी क्षेत्र नम्वर ४ का सांसद सीताराम मेहता, जिल्लास्थित राजनैतिक दलका प्रमुख तथा प्रतीनीधि लगायत सरोकारवाला निकायका पदाधिकारीहरुको उपस्थिती थियो । कार्यक्रममा उल्लेख्य मात्रामा नगरवासी महिलाहरुले सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया