morcha-government-talks1

३० पुस, काठमाडौं । (फाइल फोटो) प्रमुख तीन दलले तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग माघ ४ गतेभित्र सहमति गर्ने गरी वार्ता गर्ने निर्णय गरेका छन् ।बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस, एमाले र एमाओवादीको बैठकका शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकमा ५ गते संसदको बैठक बस्नु अघि नै मधेसी मोर्चासँग सहमति गर्ने गरी वार्ता र सम्वाद अघि बढाउने निर्णय भएको छ ।

५ गते संसदको बैठक राखिएको छ । र, उक्त बैठकले संविधान संशोधन विधेयक पास गर्ने सम्भावना छ । मधेस आन्दोलनलाई सम्बोधन गर्ने प्रयासमा सरकारले ल्याएको संशोधन प्रस्तावलाई मधेसी मोर्चाले अपर्याप्त भनेको छ । र, प्रमुख विपक्षी नेपाली कांग्रेसका तराई मधेसका सांसदले पनि संशोधन दर्ता गराएका छन् ।तीन दलले मधेसी मोर्चासँग सहमति गरेर मात्र संविधान संशोधन विधेयक पास गर्ने तयारी गरेका छन् । यसका लागि समानुपातिक समावेशीको क्लस्टर पुनरावलोकन गर्न तीन दल तयार छन् । तर, अन्य विषयमा भने ठोस प्रस्ताव बनिसकेको छैन ।

 

तपाईको प्रतिक्रिया