इनरुवा। भारत मोतिहारी जिल्ला घर भई बराहक्षेत्र-१ मामा घर बस्दै आएकी १६ बर्षीय काजल साह मृत अवस्थामा फेला परेकी छीन । मामा सन्तोष साहको घरमा बस्दै आएकी काजल हिजो बिहान पौने ११ बजे चतरा नहरमा गई हामफालेको भनि ईलाका प्रहरी कार्यालय चतरामा खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट समेतको प्रहरी टोलीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा दिउँसो साढे २ बजे चतरा नहरमा काजलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा कानुनी कारबाही तथा अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया