- दिलिप कुमार साह

राजविराज । नोबेल कोरोना भाइरस भित्रिन नदिन जिल्लाको सात स्थानमा हेल्थ हेस्क संचालन गरेको छ ।भारतीय सीमासँग जोडिएको कुशहा कुनौली भन्सार, बेल्ही, रामनगर कोदरकट्टि, राजविराज विमानस्थल र जिल्लाको राजगढ गाउँपालिका वडा नम्बर २ स्थित बनैनियाको मुल नाकामा आईतबार राजगढ गाउँपालिकाका अध्यक्ष परमानन्द यादवद्वारा उक्त हेल्थ डेस्कको स्थापना तथा उदघाटन गरिएको गापा अध्यक्ष यादवले जानकारी दिनुभयो ।

भारतबाट आउने र नेपालबाट भारत जाने व्यक्तिहरुलाई कोरोना भाइरस लागेको छ कि छैन भनी जाँच गरी आवत जावत गर्नको लागि स्थानीय तथा हेल्प डेस्कमा खटिएको कर्मचारीहरुलाई निर्देशन दिएको छ ।कोरोना भाइरस भित्रिन नदिन र भाइरसका कारणले कोही संक्रिमत हुन नदिनका लागि यो डेल्थ डेस्कको स्थापना गरिएको गापा अध्यक्ष यादवले बताउनुभयो ।सीमा नाकामा १७ स्थानमा डेल्थ डेस्क स्थापना गरिने जनस्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनिया लाल यादवले जानकारी दिनुभयो ।छिन्नमस्ता, न्यौर, पातो, देउरी सिम्रहा, औरही लगायतका पाँच वटा नाकाबाट नेपाल–भारतबीच बाक्लो आवतजावत हुने गरेको छ । तर यी नाकामा कोरोना भाइरस भित्रिन नदिन अझै कुनै किसिमको सर्तकता अपनाइएको छैन ।स्थापन गरिएको हेल्थ डेस्कका स्वास्थ्यकर्मीहरुले ब्लडप्रेसर जाँच गर्ने, ज्वरो जाँच गर्ने शंका लागेमा थप उपचारको लागि अन्यत्र पठाउने गर्छन ।

तपाईको प्रतिक्रिया