DSC09898
प्रकाशपुर, माघ १/ सुनसरीको प्रकाशपुरमा सामूहिक माघी पर्व मनाइएको छ । थारु कल्याण कारिणी सभा प्रकाशपुरले आयोजना गरेका सामूहिक माघी कार्यक्रममा थारु समूदायको वाहुल्यता रहेको सुनसरीको प्रकाशपुर, महेन्द्रनगर, रामधुनी भासि, बक्लौरी, भरौल, दुहवी र औरावनि लगायतका क्षेत्रका थारुवासीहरुले सहभागिता जनाएका थिए ।

DSC09908

प्रकाशपुर उच्च माविको मैदानमा भेला भएका थारु समूदायले जातीय भेषभुषा झल्कने झाँकी सहितको र्याली समेत निकालेका थिए । जातीय पहिरनमा सजिएका महिला तथा युवतीहरुले संस्कृतिको जगेर्नाका लागि सरकारसामू माग समेत गरेका थिए ।

DSC09915
माघि पर्वको अवसरमा थारु कल्याणकारीणि सभा प्रकाशपुरले सांस्कृतिक कार्यक्रम समेत आयोजना गरेको थियो । कार्यक्रममा थारु परिकारका स्टल समेत राखिएका थिए ।

DSC09918
थारु समूदायले माघ एक गतेका दिनलाई नयाँ वर्षका रुपमा हर्षोल्लासका साथ मनाउने गर्दछन् ।

तपाईको प्रतिक्रिया