- दिलिप कुमार साह

राजविराज ।कोरोना भाईरसबाटको रोकथाम तथा नियन्त्रण गर्न सप्तरीको सुरुङ्गा नगरपालिका ४ को मुसहरी थान  र हनुमाननगर कङ्कालिनी नगरपालिका–८ स्थित बेलहामा एक गाउँबाट अर्को गाउँ प्रवेशमा ढाँट लगाएर गाउँलाई लकडाउन गरिएको छ ।

बिरनगर युवाहरूद्वारा अपरिचित व्यक्तिलाई टोलमा प्रवेश निषेध लेखिएको बोर्ड टाँस्दै कुशहा गाउँ हुँदै मुसहरी मन्दिरबाट आवतजावत गर्ने सडकमा बाँस तेस्र्याएर टोल प्रवेशमा गर्नेलाई रोकेका छन् ।मन्दिर नजिक ढाँट लगाएर बाहिरका मानिसलाई आवतजावतमा रोक लगाइएको छ । कोरोनाबाट आफुलाई पनि बचाउन र अरुलाई पनि बचाउन आग्रह गर्दै स्थानीय युवाहरूले ब्यानर सहित बाँसको ढाट लगाएका छन् ।गाउँ भरीमा जनचेतना जगाउँदै युवाहरूद्वारा अपरिचत ब्यक्तिहरुलाई बिरनगर गाउँमा प्रवेश निषेध जारी गरेको महिदेव चौधरीले बताए ।यसैगरी उक्त सडक बिरनगर गाउँ हुँदै दाउराका लागि बिरधना जङ्गल तथा मधुपट्टी गाउँ जानको लागि सर्वसाधारणले सडक प्रयोग गर्दै आएके छ।

त्यसैगरी कोरोना भाइरस (कोभिड –१९ ) सङ्क्रमणको जोखिमबाट नेपाल सरकारको आदेश अनुरुप ‘लकडाउन’ गरेपछि एक गाउँबाट अर्को गाउँ जान आउने र प्रवेश गर्नमा स्थानीय युवाले रोक लगाएको छ । मङ्गलबार बिहान ६ बजेदेखी सप्तरी सहित देशभर ‘लकडाउन’ नेपाल सरकारले लगाएको छ।कोरोना भाइरस आफ्नो गाउँभरी नफैलियोस भन्ने उनीहरु एक गाउँबाट अर्को गाउँ आउन जानमा रोक लगाएको छ।

तपाईको प्रतिक्रिया