- जयकृष्ण यादव

इनरुवा। सुनसरीको सदरमुकाम इनरुवा ५ बलाहामा रहेको नवयुग दूध संकलन तथा वितरण केन्द्रले इनरुवाको विभिन्न वडाका ५० जना विपन्न परिवारका बालबालिकालाई आधा लिटरको दरले निशुल्क दूध वितरण गरेकोे छ ।दूध सकंलन गर्ने ७ केन्द्रमा किसानको आग्रहमा सामाजिक उतरदायित्व अन्तरगत लकडाउन अवधिभर प्रति परिवारका बालबालिकाहरुलाई आधा लिटरको दरले दूध वितरण गर्ने संचालक गोविन्द पोखरेलले जानकारी दिनुभयो ।

बबिया केन्द्रमा सनिबार नेपाल पत्रकार महासंघको प्रदेश सदस्य जयकृष्ण यादवको प्रमुख आतिथ्यमा दूध वितरण कार्य सुरु गरेको पोखरेलले बताउनुभयो । इनरुवा ५, ६, २ र ९ नम्बर सहितको वडाका ५० विपन्न परिवारका बालबालिकालाई पौष्टिकताका लागि दूध वितरण गरेको हो । वितरण कार्यक्रममा समाजसेवी देवराम यादव, फुलचन्द खाँ, राजेश्वर यादव सहितको उपस्थित रहेकोे थियो ।

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

Gepostet von Inaruwa Online am Samstag, 28. März 2020

नगरको भित्रि भागमा वास्ता गर्दैन्न “होम क्वारेन्टाईन”

हामीलाई प्राप्त भिडियो अनुसार इनरुवा नगरपालिकाको वडा नं. १ र ३ को बिच भागको खालि चौरमा लकडाउनको वास्ता नगरी महिलाहरुको गफगाफ चल्दै गरेको तथा बालबालिका तथा वयस्कहरु खेल्दै गरेको देख्न सकिन्छ। यस गतिविधिले प्रष्ट बुझ्नसकिन्छ कि नेपाल लगायत विश्वभरि फैलिएको कोरोना भाईरसको त्रासले यस भिडियोमा भएका व्याक्तिहरुलाई छोएको छैन। सरकारले जनतालाई कोरोना भाईरसको संक्रमणबाट बच्न घन्काउदै आएको “होम क्वारेन्टाईन” नारालाई यस भिडियोमा सिधै वेवास्ता गरेको देखिन्छ।

Gepostet von Inaruwa Online am Donnerstag, 26. März 2020

तपाईको प्रतिक्रिया