भारतको उत्तर प्रदेश राज्यस्थित बागपत जिल्लामा एउटा अस्पतालबाट सोमवार राति भागेका कोरोनाभाइरस सङक्रमित एक नेपाली फेला परेको त्यहाँका प्रहरी प्रमुखले बीबीसीलाई जानकारी दिएका छन्। धार्मिक ज्ञान आदानप्रदानका लागि तबलीगी जमाती समूहसँग भारत गएका उनी सुनसरीस्थित भोक्राहाका भएको भारतीय प्रहरीले जनाएको छ। शुक्रवार उनमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको पुष्टि भएपछि उनलाई उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा भर्ना गरिएको थियो। तर सोमवार राति अस्पतालको झ्यालको सिसा फुटाएर उनी भागेको भन्दै उनलाई खोज्न सघाउन बागपतस्थित प्रहरीले सार्वजनिक सूचना जारी गरेको थियो।

सङ्क्रमित सुनसरीका: भारतीय प्रहरी
बीबीसी नेपालीसँग कुरा गर्दै बागपतका प्रहरी सुपरिन्टेन्डेन्ट प्रताप गोपेन्द्र यादवले भने, “हामीले १० टोली परिचालन गरेका थियौँ। अहोरात्र काम गर्यौँ र अहिले पनि हामी फिल्डमा नै छौँ।””भर्खरै हामीलाई उनी फेला परेको जानकारी प्राप्त भएको छ। ती व्यक्तिलाई हामीले खेकडा क्षेत्रमै रहेको इँटाभट्टा नजिकैबाट नियन्त्रणमा लिएका छौँ।” उनका अनुसार ६५ वर्षका ती व्यक्तिलाई जिल्ला अस्पतालमा कोभिड-१९ को उपचार गरिनेछ।

बागपतका प्रहरी प्रमुख यादव भन्छन्, “हामी उनी किन भागे भनेर बुझ्न खोज्छौँ। उनी पीडित हुन्, हामी उनको स्वास्थ्यको हेरविचार गर्छौँ।” “हामीलाई चिकित्सकहरूले दिएको जानकारी अनुसार उनको स्वास्थ्य अवस्था ७० प्रतिशत ठीक छ। तर तनाव वा अरू कारणले उनी भागेको हुन सक्छ।” खेकडाको अस्पतालमा कोभिड-१९ को उपचार गराइरहेका उनी एक मात्र व्यक्ति भएको प्रहरीको भनाइ छ। बिबिसि नेपालीको सहयोगमा

चहलपहलका बीच कोरोना विरुद्धको लकडाउन

चहलपहलका बीच कोरोना विरुद्धको लकडाउन

Gepostet von Inaruwa Online am Dienstag, 7. April 2020

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

Gepostet von Inaruwa Online am Samstag, 28. März 2020

नगरको भित्रि भागमा वास्ता गर्दैन्न “होम क्वारेन्टाईन”

हामीलाई प्राप्त भिडियो अनुसार इनरुवा नगरपालिकाको वडा नं. १ र ३ को बिच भागको खालि चौरमा लकडाउनको वास्ता नगरी महिलाहरुको गफगाफ चल्दै गरेको तथा बालबालिका तथा वयस्कहरु खेल्दै गरेको देख्न सकिन्छ। यस गतिविधिले प्रष्ट बुझ्नसकिन्छ कि नेपाल लगायत विश्वभरि फैलिएको कोरोना भाईरसको त्रासले यस भिडियोमा भएका व्याक्तिहरुलाई छोएको छैन। सरकारले जनतालाई कोरोना भाईरसको संक्रमणबाट बच्न घन्काउदै आएको “होम क्वारेन्टाईन” नारालाई यस भिडियोमा सिधै वेवास्ता गरेको देखिन्छ।

Gepostet von Inaruwa Online am Donnerstag, 26. März 2020

तपाईको प्रतिक्रिया