LP-gas-cilinder

३ माघ काठमाडौँ ।गए राति खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा मध्यपुरथिमि नगरपालिका-  १ लायकुमा ८८ वर्षीय कान्छा सिपाईको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिएका छन् ।घरको तेस्रो तलामा बनाइएको कच्ची टहरामा रहेको भान्छा कोठामा ग्यास चुहिरहेको अवस्थामा सिपाईले ग्यास बालेलगत्तै आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

त्यस्तै महोत्तरीको जलेश्वरमा २३ दिनअघि ग्यास चुहिएर पूरै जिउ जलेकी एक महिलाको  बिहान उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका– २ बस्ने ३५ वर्षीया दिव्यादेवी पूर्वे रहेको परिवारजनले जनाएका छन् ।

गतपुस १० गते साँझ घरमा खाजा पकाइरहेको क्रममा ग्यास चुहिएर शरीरको ७० प्रतिशतभन्दा बढी भाग जलेर गम्भीर घाइते भएकी पूर्वेको उपचार भारतको पटनास्थित अस्पतालमा भइरहेकामा आज बिहान ५ बजे मृत्यु भएको निजका पति सञ्जय साहले बताए ।

सो आगलागीमा परी ४० वर्षीय सञ्जय साह र जलेश्वर १४ बस्ने १६ वर्षीय कामदार कुन्दन चौधरी पनि घाइते भएका थिए । उनीहरुलाइ भने उपचारपछि निको भएको छ ।

 

तपाईको प्रतिक्रिया