- अमर काफ्ले

सुनसरीको इनरुवामा रहेको कामना सेवा बिकास बैंकका कर्मचारीले आफुहरुको तलब कट्टा गरी विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेका छन् ।लक डाउनका कारण खान नपाएर छटपटिएको समुदायलाई लक्षित गरी राहत वापत खाद्यान्न सामाग्री वितरण गरिएको कामना सेवा बिकास बैंक इनरुवाले जनाएको छ ।बैंकले सबैको साथ र सहयोगको अपरिहार्यतालाई आत्मसाथ गर्दै छाक टार्नकालागि संघर्ष गरिरहेको परिवारलाई राहत उपलब्ध गराएको जनाएको छ ।

स्थानीय तह तथ्याङक संकलनकै क्रममा रहेको हुँदा विपन्न र गरिव परिवार भोकभोकै भेटिएकाले गरिव र विपन्न समूदायको बसोबास रहेको मुसहर वस्तीमा राहत वितरण गरिएको शाखा प्रमुख युबराज भट्टराईले बताए ।  भट्टराईका अनुसार बैंकले कर्मचारीहरुको एक दिन बराबरको तलब कट्टा गरी जम्मा हुन आएको रकमबाट विपन्न परिवारकालागि सहयोग जुटाएर वितरण गरिएको जानकारी दिए । उनले इनरुवा नगरपालिकाको वडा नम्वर ३ मा रहेको मुसहर वस्तीका ९६ परिवारलाई सहयोग वापत खाद्यान्न सामग्री वितरण गरिएको बताए ।  बैंकले स्थानीय युवाहरुको सहयोगमा सम्वन्धित परिवारलाई भेटी राहत वितरण गरेको थियो । स्थानीय तहले आफु पायकको राहत वितरण गर्ने भएपनि तत्काल खानबाट बञ्चित रहेको परिवार र समुदायलाई लक्षित गरी राहत वितरण गरिएको बैकले जनाएको छ ।


चहलपहलका बीच कोरोना विरुद्धको लकडाउन

चहलपहलका बीच कोरोना विरुद्धको लकडाउन

Gepostet von Inaruwa Online am Dienstag, 7. April 2020

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

Gepostet von Inaruwa Online am Samstag, 28. März 2020

नगरको भित्रि भागमा वास्ता गर्दैन्न “होम क्वारेन्टाईन”

हामीलाई प्राप्त भिडियो अनुसार इनरुवा नगरपालिकाको वडा नं. १ र ३ को बिच भागको खालि चौरमा लकडाउनको वास्ता नगरी महिलाहरुको गफगाफ चल्दै गरेको तथा बालबालिका तथा वयस्कहरु खेल्दै गरेको देख्न सकिन्छ। यस गतिविधिले प्रष्ट बुझ्नसकिन्छ कि नेपाल लगायत विश्वभरि फैलिएको कोरोना भाईरसको त्रासले यस भिडियोमा भएका व्याक्तिहरुलाई छोएको छैन। सरकारले जनतालाई कोरोना भाईरसको संक्रमणबाट बच्न घन्काउदै आएको “होम क्वारेन्टाईन” नारालाई यस भिडियोमा सिधै वेवास्ता गरेको देखिन्छ।

Gepostet von Inaruwa Online am Donnerstag, 26. März 2020

तपाईको प्रतिक्रिया