इनरुवा। सन्तावन्न युवा क्लबले इनरुवा नगरक्षेत्र तथा आसपासका क्षेत्रमा राहत सामाग्री बाडेको छ। कोरोना भाइरसको संक्रमणलाई न्युनिकरण गर्न लगाइएको लकडाउनको अवधिमा निम्नवर्गिय परिवार तथा दैनिक ज्यालादारी गर्ने परिवारलाइ सो राहत सामाग्री बाडिएको हो। दैनिक रुपमा लकडाउनका कारण बिहान बेलुकाको छाक टार्न समस्या भएका घरपरिवारको पहिचान गरि राहत सामाग्री बाडिएको क्लबका सचिब सत्य यादवले बताए।

इनरुवा वडा नं. १, २ र ४ मा राहत सामाग्री बाडिएको हो। वडा नं ४ को माझी टोल र मुसहरी टोल गरि जम्मा ७८ घरमा बाडिएको हो भने वडा नं १ र २ का ४० घरमा राहत वितरण गरिएको हो। राहत सामाग्रीमा चामल, दाल, तेल, नुन, आलु, प्याज, सोयाबिन, चाउचाउ, साबुन आदी जस्ता दैनिक उपभोग्य वस्तु समावेश गरिएको थियो। क्लबका अनुसार दिनहु रुपमा अति नै विपन्न घरपरिवार रहेका टोल तथा वस्तिको पहिचान गरि राहत सामाग्री वितरण कार्य भै नै रहेको छ।


चहलपहलका बीच कोरोना विरुद्धको लकडाउन

चहलपहलका बीच कोरोना विरुद्धको लकडाउन

Gepostet von Inaruwa Online am Dienstag, 7. April 2020

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

Gepostet von Inaruwa Online am Samstag, 28. März 2020

नगरको भित्रि भागमा वास्ता गर्दैन्न “होम क्वारेन्टाईन”

हामीलाई प्राप्त भिडियो अनुसार इनरुवा नगरपालिकाको वडा नं. १ र ३ को बिच भागको खालि चौरमा लकडाउनको वास्ता नगरी महिलाहरुको गफगाफ चल्दै गरेको तथा बालबालिका तथा वयस्कहरु खेल्दै गरेको देख्न सकिन्छ। यस गतिविधिले प्रष्ट बुझ्नसकिन्छ कि नेपाल लगायत विश्वभरि फैलिएको कोरोना भाईरसको त्रासले यस भिडियोमा भएका व्याक्तिहरुलाई छोएको छैन। सरकारले जनतालाई कोरोना भाईरसको संक्रमणबाट बच्न घन्काउदै आएको “होम क्वारेन्टाईन” नारालाई यस भिडियोमा सिधै वेवास्ता गरेको देखिन्छ।

Gepostet von Inaruwa Online am Donnerstag, 26. März 2020

तपाईको प्रतिक्रिया