IMG_9087 - Copy
इनरुवा माघ ३ /
सुनसरी प्रहरीले अवैध डिजल लोड गर्दै गरेको टयाङकर नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ ।
इनरुवा ३ सखुवागाछीमा भण्डारण गरिएको डिजल लोड गर्दैगर्दा प्रहरीले टयाङकर नियन्त्रणमा लिएको थियो ।
अवैध रुपमा इन्धन भण्डारण गरी तस्करी गर्ने गरेको सूचनाका आधारमा सखुवागाछी ३ स्थित बिद्युत प्राधिकरण कार्यालय अगाडीको सडकबाट ना ४ ख ३०८४ नम्बरको टयाङकर नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ ।
१५ सय लिटर डिजल लोड गरिएको सो टयाङकर प्रहरीले आज पत्रकार सम्मेलनकावीच सार्वजनिक गरेको छ । टयाङकर सहित पक्राउ परेका सिराहा मिर्चैयाका ३२ वर्षिय विनोद विक र सुनसरीको डुम्राहा ३२ वर्षिय सुरेन्द्र बस्नेत उपर कानुनी कार्वाही थालिएको प्रहरी नायव उपरीक्षक चिरञ्जिवी कोइरालाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया